कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौं: प्रमुख पौडेल
पाेखरा | मंसिर ३०, २०८०
पोखरा: जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् ।
अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गरें ।
प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै बताएका हुन् ।
पौडेलले सरलिकृत अनुदान रकम बितरण प्रक्रिया सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र समृद्धिका नारा निरर्थक हुने जिकिर गरे ।
उनले श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

